गीतकार तथा हास्य कलाकार उत्तम केसी नेपालको शब्द रचनामा मर्मस्पर्शी आधुनिक गीत छातीभित्र मुटु हुन्छ हालै सार्वजनिक गरिएको छ।
सिक्किम याक्थुङ स्टार गायिका अञ्जना नाल्भोको स्वर रहेको गीतमा संगीत तथा संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ।
गीतमाथि आकर्षक भिडियोसमेत निर्माण गरिएको छ।
जसको निर्देशन अमर ओलीले गरेका छन्। गीतको भिडियोमा मुकुन्द मैनाली, विनिता भण्डारी, सिद्धान्त बोहरा, मनोज केसी र सानुकान्छा महर्जनले अभिनय गरेका छन्। ज्ञानकुमार कट्टेलको छायाकंन तथा प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो चुईचुई पारेर टिभी युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।











प्रतिक्रिया