सडकमा नाला र पानीको उचित निकास नहुँदा दर्जनै बस्ती जोखिममा


मुगु ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी खण्डको पिना ताल्च गमगढी सडकमा नाला र पानी निकास क्षेत्र नबनाउदा यहाँ रहेका बस्ती र खेतियोग्य जमिनहरु उच्च जोखिममा रहेका छन् ।

मुगु जिल्ला राष्ट्रिय सडक संजालमा जोडिएको १३ वर्ष वितिसक्दा पनि सम्वन्धित निकायहरुले सडक मापदण्डअनुसारका सडक संरचना नबनाउँदा वर्षाको बेला सडकबाट एकतृत भै बग्ने पानीको निकासका लागि कल्भड, नाला र निकास नहुँदा १ दर्जन बढी बस्तिहरु र सयौ हेक्टर खेतियोग्य जमिन कटान र बाढी पहिरोको उच्च जोखिममा रहेका हुन् ।

छायानाथ रारा नगरपालिका वडा न ६, ७, ८, ५, ४, ३, २ र १ भित्र पर्ने पिना, झ्यारी, सिगाडी, टोप्ला, घुइर, बालै, ताल्च, डाडागाउँ, ढुम, तलितम, चैन, श्रीनगर, इमा, ठिनी गाउँ र गमगढी बजारका शितल बजार, न्युरोड, बागबजार क्षेत्र बाढी पहिरो र जमिन कटानको उच्च जोखिममा परेका छन् ।

पहिला बाढी आउदैनथ्यो जब सडक आयो बाढी, पहिरो बढ्दै जान थान्यो । सडकै सडक भएर टाढा टाढाबाट बाढी आउँछ, सडक कार्यालयले ठाउँ ठाउमा पानी निकास र नाला बनाइ दिएको भए यो समस्या आउने थिएन । सडक मात्र खनेको छ, नाला र निकासमा ध्यान दिएको छैन पानी पर्यो भने सडकमा खोला नै बग्छ, जता जान्छ उतै क्षेति पुर्याउछु, ठिनी गाउँका एक स्थानियले भने ।

एक साता अघिबाट परिरहेको वर्षाको पानीले बाढी आउँदा सडक, खेती गरिएको बालिनाली बगाउनुको साथै घरहरुमा क्षेति पुर्‍याएको छायाँनाथ रारा नगरपालिका वडा न १ ठिनी गाउँका स्थानिय युवा गेहेन्द्र शम्सेर मल्ल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, सडक डिभिजन जुम्लाले सडक बनाउँदा नाला र पानी निकास नबनाउँदा स्थानियले दुःख पाइरहेका छन् । सडकको पानी निकास साविक खोला, खोल्साहरुमा गर्नु पर्नेमा त्यसो गरिएको छैन, कतै नाला बनाइएका छैनन् ।

सडकबाट भएर आएको बाढीले खेतगरामा लगाएको बर्खेवाली बगाएको छ भने खेतियोग्य जमिन कटान गरि लगेको छ । खेतको गरामा पसाउन लागेको धान, कोदो, सिमि, मकै लगायत बाली बगाएपछी कृषकहरु चिन्तित भएका छन् ।
पाक्नै लागेको बाली र जमिन बगायो अब के खुवाएर जहान परिवार पाल्ने होु, छायाँनाथ रारा नगरपालिका वडा न ८ सिगाडी गाउँका स्थानिय बलविर रावल दुखेसो सुनाउदै भन्नुहुन्छ, कहिल्यै बाढी पहिरो नजाने ठाउँमा बाढी पहिरो जान्छ, सडक बनेपछी सडकले सखापै बनाउने भयो ।

हुन पनि मुगुमा जहाँ जहाँ सडकहरु खनिएको छ त्यहाँ व्यवस्थित नाला र पानी तर्काउने व्यवस्था नहुँदा कतै बस्तीमा बाढी पस्दै आएको छ भने कतै खेतगरा कटान गरिरहेको छ । ट्रयाक खोलीएका ग्रामिण सडक र कर्णाली राजमार्गअन्तर्गत नाग्म(गमगढी सडकको सयौ ठाउमा बाढी र पहिरोले क्षेतविक्षद् बनाएको छ ।

वर्षेनी करोडौका योजनहरु सडक निर्माण र स्तरोन्नतीका बन्ने गरेपनि सडकको पानी निकासमा र नाला व्यवस्थित बनाउन सवन्धित निकायले योजना नबनाउँदा स्थानियहरुले दुःख र पीडा भोग्नु परेको छ भने करोडौको चल अचल सम्पती जग्गा, जमिन र अन्नवाली गुमाउनु परेको छ ।