फ्लेम अवार्ड्स २०२५ मा आउटरिच नेपालको १३ विजय


काठमाडौं ।

आउटरिच नेपालले आफ्नो डिजिटल साझेदारहरू लेमन र डिजिटलइनसँग मिलेर अगस्ट ८ मा नयाँ दिल्लीको ताज भिभान्ता, द्वारकामा सम्पन्न फ्लेम अवार्ड्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जितेको छ। यीमध्ये युनिलिभरका लागि ७, सामसुङका लागि २, एनसेलका लागि २, माउन्टेन ड्यूका लागि १ र शिखर इन्स्योरेन्सका लागि १ पुरस्कार छन्। पुरस्कार सूचिमा ३ स्वर्ण, ५ रजत र ५ कांस्य पदक समावेश छन्।

भारतको ग्रामीण मार्केटिङ एसोसिएसनद्वारा आयोजित यस वर्षको कार्यक्रममा भारत, बंगलादेश, नेपाल र थाइल्याण्डको सहभागिता उल्लेखनीय रह्यो। आउटरिचका संस्थापक उजया शाक्यले यस उपलब्धिलाई टोलीको समर्पण, रचनात्मकता र ग्राहक साझेदारको विश्वासको परिणाम बताए। साथै, श्री शाक्यलाई भारतको ग्रामीण मार्केटिङ एसोसिएसनको नेपाल च्याप्टर नेतृत्वको जिम्मेवारी पनि दिइएको छ, जसले नेपालमा ग्रामीण मार्केटिङ र व्यवहार परिवर्तन सञ्चारलाई प्रवर्द्धन गर्नेछ।