ब्युटि विथ ब्रेनको नारासहित मिस होस्टेल नेपाल–२०२५ आगामी भदौमा हुने भएको छ।
क्याराओके इन्टरटेनमेन्टको आयोजना र होस्टल व्यवसायी संघ, नेपालको सहकार्यमा सम्पन्न हुने प्रतियोगिताबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले होस्टलमा बस्दै अध्ययनरत विद्यार्थीको व्यक्तित्व र प्रतिभा विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए।
आवेदन दिने मध्येबाट ३० जना विद्यार्थी छनोट गरी २० दिनको विभिन्न विधागत तालिम प्रदान गरिनेछ। अन्तिम प्रतिस्पर्धा भदौ १६ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुनेछ।
क्याराओके इन्टरटेनमेन्टका प्रमुख खगेश रञ्जितकारका अनुसार संस्थाले यसअघि मिस नेसनल, मिस टिन नेसनल, मिस नेवा आइकन, मिस नेवा वल्र्डलगायतका प्रतियोगिता आयोजना गरिसकेको छ।
संघका केन्द्रीय अध्यक्ष सुनिल भेटवालले प्रतियोगिताबाट विद्यार्थीको आत्मविश्वास, प्रस्तुति क्षमता र उच्च शिक्षा प्रोत्साहनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा सातै प्रदेशका विजेतामध्येबाट अन्तिम चरणमा ७ जनालाई चयन गरिनेछ। त्यसबाट दुई रनरअपसहित मिस होस्टेल नेपाल–२०२५ को विजेता घोषणा गरिनेछ।











प्रतिक्रिया