तीजलाई सुनको चुराले


राज टाइगर र वसन्ती लामाको स्वरमा तीज गीत सुनको चुराले सार्वजनिक गरिएको छ।
परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण रहेको गीतमा सपना बानियाँको शब्द रचना, वसन्तीकै संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको छ।

माइत जाने कुरा थियो यसपालिको तीजमा
कहाँबाट छिरेउ बुढा तिमी बीचमा

ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुरालेजस्ता शब्दले गीतलाई रमाइलो र व्यङ्ग्यात्मक बनाएको छ। आदित्य बुढाथोकीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी र मुकेश हुमागाईंको छायांकन रहेको गीतको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुंखेलगायतको अभिनय र नृत्य छ। भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।