काठमाडौँ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभर मनसुनको प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
सोमबार देशका पहाडी भूभागका धेरै स्थानमा र तराईका केही भागमा मध्यम वर्षा हुने, साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा भारी वर्षा हुने सम्भावना छ।
भारी वर्षाका कारण जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया