उदयपुर ।
जिल्ला प्रशासन कार्यालय उदयपुरमा आर्थिक वर्ष २०८१। ०८२ मा मिटर व्याज सम्बन्धी ६५ थान उजुरी परेकोमा ३१ थान फछ्यौट भएको र ३४ थान फछ्र्यौट हुन बाँकी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आ. ब.२०८०। ०८१ र ०८१।९२को गरी २०८२ असार मसान्तसम्ममा जम्मा ९९ थान मुद्दा दर्ता भएकोमा ७१ थान फछ्यौट भएको र ३८ थान बाँकी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरमा अघिललो दुई आ.ब. मा सवारी दूर्घटनाबाट अङभङ्ग भै क्षतीपूर्ति माग सम्बन्धी १० वटा मुद्दा दर्ता भएकोमा ३ थान फछ्र्यौट भएको र ७ थान बाँकी रहेको छ । यस्तै अभद्र व्यवहार सम्बन्धी जम्मा ८२ थान मुद्दा दर्ता भएकोमा जिम्मेवारी सरी आएको १२ थान र आ.ब. २०८१।०८२मा७ण् थान दर्ता भएकोमा कुल ८२ थान मध्ये ६१ थान फछ्र्यौट भएको र २१ थान बाँकी रहेको छ ।
आ.ब.२०८१। ०८२ मा दर्ता भएका ८० थान र जिम्मेवारी सरी आएको १९ थान समेत कुल ९९ मुद्दा मध्ये गत आ.ब.मा जुवातास ४ थान,सार्वजनिक स्थानमा यौनाङ देखाउन नहुने कसुरमा १ थान, सवारी अंगभंग ५ थान,अभद्र व्यवहार ७० थान मुद्दा रहेका छन् । आ.ब २०८०।०८१ मा सवारी अंगभंग ५ थान,अभद्र व्यवहार १२ थान, सावृजनिक शान्ति विरुद्धको कसुरमा २ र केही सार्वजनिक अपराधको मुल्तवी जागेको १ थान रहेको थियो ।
कुल मुद्दा ९९ थानमा ७१ थान फछेयौट भएको र २८ थान बाँकी रहेको छ । प्रतिशतका आधारमा ७१.७२ प्रतिशत मुद्दा फछ्यौट भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
फछ्यौट भएका मुद्दामा ठाडो उजुरी ४३ थान, सवारी क्षतीपूर्तिको ३१ थान, अनुचित लेनदेन मिटर ब्याजको उजुरी ६५ थान भएको र मिटर ब्याज सम्बन्धी ३४ थान मुद्दा आ.ब २०८२।०८३कालगि जिम्मेवारी सरेर बाँकी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया