रामेछाप ।
रामेछाप नगरपालिका ६ भुलुवाजोरमा गाडि दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भएका दुघर्टनमा परि मन्थली १ की ४० बर्षिकय राधा कार्की चौहानको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परि उनका श्रीमान उत्तम चौहान घाइते भएका छ । चौहान दम्पती आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको डबल क्याप स्कारपियो मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट तामाकोशीतर्फ खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
घाइते भएका उनका श्रीमान् उत्तम चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गाडीको नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया