काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गते बस्ने प्रदेश सभा बैठकमा उपस्थित भई मत दिन निर्देशन दिएका हुन्। बैठक मंगलबार दिउँसो ४ बजे बस्नेछ।
मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८(९) र प्रदेश सभा नियमावलीको नियम १४३(१) अनुसार विश्वासको मत लिँदैछन्। बैठक अघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बस्ने छ।
यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ। कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन्। ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक छ।











प्रतिक्रिया