शैलेन्द्र सिम्खडाको गाईजात्रा २०८२हास्यव्यङ्ग्य र संवेदनाको संगम


गाईजात्रा पर्वको अवसर पारेर लोकप्रिय हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडाले हरेक वर्षझै यस वर्ष पनि आफनै युट्युब च्यानलबाट गाईजात्रा २०८२ सार्वजनिक गरेका छन्।

यस वर्षको गाईजात्रे प्रस्तुतिमा सिम्खडाले गाईजात्राको ऐतिहासिक महत्व र परम्परालाई समसामयिक सामाजिक सन्देशसग मिसाउदै हास्यव्यङ्ग्य र भावनात्मक संवादको संयोजनमार्फत दर्शकलाई मनोरञ्जन दिने मात्र नभई पर्वको मौलिकता र मूल्य पनि उजागर गरेका छन्। भिडियो सामग्रीमा उनले गाईजात्रा मात्र शोक होइन, सम्मेलन पनि हो– जहाहासो र सम्झना एकैसाथ यात्रा गर्छन् भन्ने सार प्रस्तुत गरेका छन्। व्यङ्ग्यले पनि समाजमा परिवर्तन ल्याउन सक्छ, तर त्यसको आधार प्रेम हुनुपर्छ भन्ने भावुक सन्देश पनि उनले दिएका छन्।

उनको प्रस्तुतिले नयाँ पुस्तामा पनि गाईजात्राको महत्व पु¥याउने उद्देश्य बोकेको छ। गाईजात्रा २०८२ मा समसामयिक राजनीतिक गतिविधि, सामाजिक असमानता, आर्थिक चुनौती, भ्रष्टाचारको भण्डाफोर र सांस्कृतिक चेतनाजस्ता सबै विषय समेटिएका छन्।

हास्यको आवरणमा प्रस्तुत यी मुद्दाले दर्शकलाई हसाउँदै र भावुक बनाउँदै सोच्न पनि बाध्य बनाउँछ। ‘राजनीति गर्नेहरूलाई भोट दिने हामी, अनि दुःख पाउने पनि हामी—यो पनि गाईजात्राको व्यङ्ग्य हो’ शैलेन्द्र आफनाे प्रस्तुतिमा सुनाउ“छन्।
सत्य खोजेर पाइँदैन
सत्य बोेलेर जितिदैन
त्यसैले यो गाईजात्रा भनेको
दुईथरी घमण्डीहरूको प्रतिस्पर्धा हो

खान नछोड्ने सरकार
भन्न नछोड्ने कलाकार
त्यसैले यसलाई भनिन्छ

हास्यव्यङ्ग्यको माध्यमबाट सचेतनाको यात्रा
प्रष्ट र भ्रष्टबीचको कुरुक्षेत्र हो गाईजात्रा
गाईजात्रा २०८२ को हार्दिक शुभकामना।
स्टेज प्रस्तुति शैलीमा तयार पारिएको गाईजात्रे प्रस्तुतिमा शैलेन्द्रले व्याख्या
गरेका छन्।