हलिउड अभिनेत्री एन्जेलिना जोलीदेखि बलिउड अभिनेत्री दीपिका पादुकोणलगायत कला जगतका विभिन्न महिला संसारकै सर्वाधिक ९० महिलाको सूचीमा परेका छन्।

हालै ग्लोबल कल्चर म्यागेजिन द सिफ्टले जारी गरेको सूचीमा एक्टिभिजम सिर्जनात्मकता, नेतृत्व क्षमता र संस्कृतिको क्षेत्रमा फरक पहिचानको आधारमा तय गरिएको जनाइएको छ। यस सूचीको पहिलो नम्बरमा भने बेलायती मानव अधिकारवादी तथा अन्तर्राष्ट्रिय कानुनविद् अमाल क्लुनी रहेकी छन् भने दोस्रोमा ऐन्जेलिना जोली, तेस्रोमा गायिका सेलेना गोमेज, गायिका बिली आइलिस, पाचौमा कवयित्री अमान्डा गोर्मन, छैठौमा अभिनेत्री जेसिका चास्टेन, सातौमा गायिका ओलिभिया रोड्रिगो, आठौ“मा कलाकार तथा निर्माता लुसी लिउ, नवौमा इतिहासमै पहिलो अफ्रिकन–अमेरिकी प्राइमा बालरिना मिस्टी कोपल्यान्ड र दशौमा टेनिसकी पूर्व खेलाडी बिली जिन किङ रहेका छन्।
बलिउडबाट भने अभिनेत्री दीपिका पादुकोण र निर्देशक जोया अख्तर रहेका छन्। यी दुवैलाई आफ्नो प्रतिभा र साहसी निर्णयद्वारा पुरुषप्रधान मनोरञ्जन उद्योगमा नया पहिचान बनाएको भन्दै सूचीमा सम्मान गरिएको द सिफ्टले जनाएको छ। म्यागेजिनले आ–आफ्नो क्षेत्रमार्फत समाजलाई दिएको योगदानका आधारमा महिलालाई यो लिस्टमा सामेल गर्दै उनीहरूलाई थप अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ।











प्रतिक्रिया