रुपेशको झोले जात्रा


कलाकार रुपेश रेग्मीले युट्युब च्यानलबाट गाईजात्रे कोशेली गाईजात्रा २०८२ झोले जात्रा सार्वजनिक गरेका छन्।
प्रस्तुतिमा कलाकार रेग्मीले वाचन तथा अभिनयमार्फत समाजका विसङ्गतिहरू विरुद्ध आवाज उठाएका छन्।

रेग्मीले ३३ किलो सुन खोइ? महाकाली खै? टाउकोमा हेल्मेट खै? जस्ता सामग्री कवितात्मक शैलीमा प्रस्तुत गरेका छन्। व्यङ्ग्यकार शैलेन्द्र सिम्खडाप्रति विशेष आभार व्यक्त गरिएको सामग्रीमार्फत उनले देशको राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिदेखि सामाजिक क्षेत्रमा देखिएका विकृतिविरुद्ध पनि आवाज उठाएका छन्। गाईजात्रे सामग्रीको लेखन तथा निर्देशन रुपेश रेग्मीले नै गरेका छन्।