रौतहट ।
बंगलादेश निबासी एक युवती रौतहटमा एक साता देखि अलपत्र अवस्थामा रहेकी छन । तीन वर्षसम्म एक नेपाली युवकसँग सामाजिक सञ्जाल मार्फत प्रेम सम्बन्धमा रहेरअनलाइन विवाह गरी नेपाल आएको दाबी गर्ने ती महिला दुई सातामै घरबाट निकालिएपछि छिमेकीको घरमा शरण लिन बाध्य भएकी हुन् । बंगलादेशको रगपुर जिल्लास्थित मोकिमपुर मिठापुकार गोपालपुर निवासी लाबोनी बेगम र रौतहटको गौर नगरपालिका–६ सबगढा निवासी शेष महताब आलमबीच टिकटक, फेसबुक र ईमोमार्फत चिनजान हुँदै स्थापित भएको तीन बर्षको प्रेम सम्बन्ध लाई बिबाह गरेर केटाको घर आउदा आफुलाई दुईसातामै निकालिदिएपछि अलपत्र परेको उनी बताउछिन ।
विदेशमा रोजगारी गरिरहेका आलमसँग लाबोनीको तीन बर्षे प्रेम सम्बन्ध लाई वैधानिकता दिँदै दुवैले बंगलादेशको गाजीपुर अदालतमा कोर्ट म्यारिज गरेको ती महिलाले दाबी गरेकी छिन । बगलोदमा कोर्ट म्यारिज गररे प श्चात लाबोनी नेपाल आइन । जेष्ठ २८ गते नेपाल आइपुगेकी उनले श्रीमानको घरमा दुई साता मात्र बस्न नपाउदै निकालिएछिन । कुबेत बाट शेष महताब आलम भने जेष्ठ २४ गते फर्किएका थिए ।
गएको असार १६ गते मात्र दुई साताको बसाइपछि लाबोनीलाई घरबाट निकालिएको आरोप छ । घर निकाला भएपछि उनी बंगलादेश फर्किएकी थिइन । तर पुनः श्रीमानले नै बोलाएपछि साउन १५ गते फेरि नेपाल आएकी उनी परिवारजनले फेरि पनि घरमा बस्न नदिएको गुनासो गरेकी छन् । हाल उनी छिमेकी नजरा खातुनको घरमा शरण लिएर बस्दै आएकी छिन ।
प्रहरी प्रशासनलगायत निकायमा न्याय माग्दा पनि कसैले वास्ता नगरेको भन्दै उनी भन्छिन्, “नेपाल सरकार, मलाई न्याय देऊ ।”श्राबण १५ गते देखि घर परिबारका सबै सदस्य घरमा ताला लगाएर बाहिरिएका छन भने श्रीमान समेत बेखबर बनेका छन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार ती महिला स्वेच्छाले नेपाल आएकी भएकाले अन्याय नभएको बताउनु भयो । गौर नगरपालिका–६ का वडाध्यक्ष अबध बिहारी प्रसाद ा अनुसार, “जुन देशकी महिला भए पनि विवाह गरेर घर बसेकी छन् भने उनलाई घरपरिवारले अधिकार दिनुपछ ।











प्रतिक्रिया