काठमाडौँ।
चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा पेटमा समस्या देखिएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो।
लोकगायक तथा सर्जक सम्भु कुँवरका अनुसार, सेन्चुरीको स्वास्थ्य अवस्था अहिले स्थिर हुँदै गएको छ।
गायक सेन्चुरी एक महिनाको सांगीतिक यात्रामा क्यानडा, इजरायल र अस्ट्रेलिया जान लागेका थिए। तर अस्वस्थताका कारण पहिलो कार्यक्रम नै स्थगित गर्नु परेको आयोजकहरूले बताएका छन्। उनले बाँकी कार्यक्रमहरूमा भने चिकित्सकको सल्लाह अनुसार सहभागी हुने तयारी भइरहेको पनि जनाएका छन्।











प्रतिक्रिया