इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेले ६ मन्त्री टुंग्यायो


काठमाडौं ।

बाग्मती प्रदेश सरकारमा सहभागी हुन लागेको नेकपा एमालेले नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएको छ। इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने सरकारले एमालेको तर्फबाट ६ मन्त्री सहभागी गराउनेछ।

स्वास्थ्य मन्त्रालयमा पुनः किरण थापा मगरलाई निरन्तरता दिइएको छ भने अन्य पाँच मन्त्रालयमा नयाँ अनुहार पठाइएको छ।

श्रम, रोजगार तथा यातायातमा जयराम थापा, वन तथा वातावरणमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमा मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमा डा। दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमा विन्दु श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको छ।

मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्न लागेका हुन्।