हेटौंडा ।
मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औं स्थापना दिवसको अवसरमा हेटौंडाका दुई संस्कृत विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ।
संघले हेटौंडा–१० स्थित गोरक्षश्वरधाम संस्कृत वेद विद्यालय र हेटौंडा–१८, हर्नामाडीको वैदिक संस्कृत गुरुकूलमा खाद्यान्न वितरण गरेको हो।
कार्यक्रममा संघ अध्यक्ष प्रमोदसिंह रानभाटको सभाध्यक्षता, स्थानीय जनप्रतिनिधि र विद्यालयका पदाधिकारीको सहभागिता थियो। गोरक्षश्वरधाम वेद विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन् भने वैदिक गुरुकूलमा १९ विद्यार्थी र तीन शिक्षक रहेका छन्। वैदिक गुरुकूलले जडिबुटी खेती र गौशाला सञ्चालनको योजना बनाएको जानकारी दिइएको छ।











प्रतिक्रिया