बाली, इन्डोनेसिया ।
मर्यादित महिनावारीका विषयमा प्रक्षिण लिन एशियाका दस मुलुकमा नेतृत्वमा रहेका किशोरीहरु इण्डोनेसियाको बालीमा भेला भएका छन्। उनीहरू मर्यादित महिनावारी विषयमा तीन दिने अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका हुन्। ग्लोबल साउथ कोलिसन फर डिग्निफाइड मेन्स्ट्रुएसनमेन्स्ट्रुएसन (GSCDM) र AHF थाइल्याण्डको सहकार्यमा आयोजना गरिएको तालिम सोमबार अगस्ट ४ देखि सुरु भएको छ।

तालिममा नेपाल, भारत, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, भियतनाम, चीन, क्याम्बोडिया, लाओस र इन्डोनेसियाका Girls Act मा आवद्ध किशोरीहरु सहभागी छन् । तालिमको उद्घाटन गर्दै ब्ज्ँ एसिया कार्यालय प्रमुख डा .सरथले महिनावारीको विषयमा बिना काम यौन तथा प्रजनन स्वास्थ्य र एचआईभी रोकथामका प्रयासहरू अधूरो हुने बताए।
उनले भने, “महिनावारीमा काम नगरिकन एचआईभी रोकथाम सहज हुँदैन। त्यसैले हामीले मर्यादित महिनावारी अभियानमा राधा पौडेल फाउडेसनसँग सहकार्य गरेका हौं।”
त्यस्तै, डा. राधा पौडेलले महिनावारी भेदभाव एसिया मात्र नभई विश्वव्यापी मानव अधिकारको चुनौती भएको बताइन । उनले महिनावारीलाई बालविवाह, यौन तथा प्रजनन अधिकार, एचआईभी, लैङ्गिक हिंसाजस्ता मुद्दासँग जोडेर लैजानु नै मर्यादित महिनावारीको मूल सार भएको बताइन ।
तालिमको मुख्य प्रशिक्षक मर्यादित महिनावारी अभियानका संस्थापक डा.राधा पौडेल हुन्। तालिमको पहिलो दिन सहभागीहरूले व्यक्तिगत तथा सामाजिक परिवेशमा महिनावारी विभेदका अनुभव सुनाए। उनीहरूले समुदाय, विद्यालय र परिवारमा व्याप्त महिनावारीसम्बन्धी मिथक, भेदभाव र मौनताका कथाहरू बाँडेका थिए । पहिलो दिन महिनावारी, महिनावारी व्यवस्थापन, महिनावारीमा हुने विभेद र मर्यादित महिनावारीसम्बन्धी आधारभूत अवधारणामा छलफल भएको छ ।
मर्यादित महिनावारीका प्रतिपादक पौडेलले आफ्नै बाल्यकालदेखि महिनावारीमा भोगेका दुःख, हिंसा र प्रतिरोधको कथा सुनाइन्। डाक्टर पौडेलको कथा सुन्दै गर्दा सहभागी किशोरीहरूले आँखा रसाएको देखिन्थ्यो । उनीहरुले डाक्टर पौडेलको कथा सुनेपछि महिनावारी विभृदका कारण आफुले भोगेका अनुभव पनि बाँडेका थिए। दोस्रो दिन अगष्ट ५ मा महिनावारी भेदभाव र महिनावारी विभेद र मानव अधिकार, लिङ्गमा आधारित हिंसा, बालिकाको शिक्षा र महिनावारीका विषयमा छलफल हुनेछ। तालिममा महिनाबारी सामग्रीलाई थ्री पी मोडलबाट छलफल हुनेछ ।
यसले महिनावारी सामग्रलाई जलवायु, व्यक्ति र आर्थिक–सामाजिक पक्षसँग जोडेर हेर्न सिकाउँछ। जलवायु परिवर्तनले महिनावारी अभ्यासमा कस्तो प्रभाव पार्छ रु के एक युवतीको आत्मसम्मान र निर्णय क्षमता महिनावारी अभ्यासले निर्धारण गर्छ रु के सुरक्षित, पहुँचयुक्त सामग्रीको अभावले महिनावारी विभेदलाई कसरी प्रवद्र्धन गर्छ रु भन्ने विषयमा थ्री पी अवधारणमा छलफल हुनेछ ।
तालिमको अन्तिम दिन सहभागीहरूले आ–आफ्ना देशमा आगामी तीन वर्षमा मर्यादित महिनावारीका लागि अभियान सञ्चालन गर्ने कार्यान्वयन योजना बनाउनेछन्। उनीहरूले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पुरुषको भूमिका, सामाजिक अभियान र नेतृत्व विकासका सम्भावनाहरूका बारेमा प्रशिक्षण लिनेछन्।
तीन दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय तालिम किशोरीहरूलाई मर्यादित महिनावारीबारे ज्ञान र अभियान सञ्चालन गर्ने नेतृत्व क्षमता दिने उद्देश्यले आयोजना गरिएको हो। महिनावारीसँग जोडिएका भेदभाव, मौनता, लज्जा र हिंसाका विरुद्ध आवाज उठाउन अब किशोरीहरू तयार हुँदैछन् । मर्यादित महिनावारीका विषयमा आफ्नो समुदाय विद्यालय, र अन्तर्राष्ट्रिय अभियानमा पनि उनीहरु जोडिनेछन् ।












प्रतिक्रिया