काठमाडौँ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापन अनिवार्य रूपमा श्रम संसार (www.shramsansar.gov.np) वा श्रम संसार एपमार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीअनुसार विज्ञापन राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहे पनि अब अनलाइन प्रकाशन नगरे अपूर्ण मानिनेछ।
सरकारले नागरिक एपसँग समन्वय गरेर श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ, जसबाट आम नागरिकले सजिलै विज्ञापन हेर्न र सत्यापन गर्न सक्नेछन्।
नियम उल्लंघन गरे कारबाही गरिने विभागले जनाएको छ। यो व्यवस्था साउन १३ गतेदेखि लागू भएको हो।












प्रतिक्रिया