जेस्ठता र कार्यक्षमतालाई प्राथमिक दिदै सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस


काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मुल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो ।

जेस्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मुल्यांकन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले संगठनको बृत्तिविकास र सुरक्षा फौजको मनोवलमा हौसला बृद्धि हुने विश्वास गरिएको छ । सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षमा बढुवा सिफारिसमा दोश्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु तेश्रो ब्याच , सोही ब्याचका बैकल्पिक समुहमा परेका तथा चौथो ब्याच बाट जेस्ठता , व्यावसायिक क्षमता तथा कार्य सम्पादन मुल्यांकनलाई समेत आधार मानेर गरिएको छ ।

यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरु ९ औं ब्याचका रहेका छ्न् । मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको थियो ।

बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो ।