आफू बोल्दैनन्, विज्ञलाई राजीनामा माग्न लगाउँछन् मेयर

11.47k
Shares

–उपाध्यक्षलाई राजीनामा दिन सहायक विज्ञ खटाए
–थरीथरीका सल्लाहकार र विज्ञले कर्मचारी हैरान

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको राजीनामा माग्न आफ्नो सहायक विज्ञ खटाइरहेका छन् । आयोगमा थरीथरीका विज्ञ नियुक्ति गरेका मेयर साहले पछिल्लो समय सुदीप ढकालको प्रयोग गरी राजीनामा मागिरहेका छन् ।

आयोगको वेबसाइटमा सहायक विज्ञको नाम उल्लेख नभएको ढकालले उपाध्यक्ष राजभण्डारीलाई राजीनामा दिन दबाब दिएका छन् । उच्च स्रोतका अनुसार ढकालले आइतबार राजभण्डारीलाई मेयर साबले राजीनामा दिन आग्रह गरेको भन्दै राजभण्डारीलाई दबाब दिएका थिए । मेयर साहले नियुक्ति गरेका आयोग उपाध्यक्ष राजभण्डारीलाई सहायकविज्ञ ढकालले राजीनामा माग्न उचित नभएको कर्मचारीको आरोप छ ।

स्रोतका भनाइ छ – ‘एउटा सामान्य सहायक विज्ञले उपाध्यक्षको राजीनामा दिन उचित हुँदैन ।’ सहायक विज्ञ ढकाल पछिल्लो समय बजेट निर्माणदेखि टेन्डर प्रक्रियामा चलखेल गर्ने गरेको आरोप लागेको छ । यसअघि कुमार ब्यञ्जनकार र सुनिल लम्सालको हालीमुहाली थियो, अहिले ढकालले मनोमानी गरिरहेका छन् । मेयर साहले नगर प्रहरी खटाएर अपमानढंगले कार्यकक्षबाहिर निकाल्ने प्रयास गरेका मेयर साहले उपाध्यक्ष राजभण्डारीलाई हालसम्म हटाएको पत्र दिन सक्नुभएको छैन ।
कसरी दिनु ? कारण चाहियो नि ? कर्मचारले भने । मेयर साहको गुरुसमेत रहेका उपाध्यक्ष राजभण्डारीलाई मेयर साहले सीमित घेरामा रहेका विज्ञको सल्लाहमा हटाउन खोजेको आरोप लागेको छ ।

स्रोतका अनुसार सहायक विज्ञ ढकालले हिजो राजीनामा मागेका थिए । राजभण्डारीले के आधारमा मेरो राजीनामा तपाईलाई दिने ? भन्ने प्रश्न गरेपछि ढकाल हच्केका थिए । आइतबार हटाउने तयारी गरेपछि मेयर सचिवालय सफल भएन । ठेक्का पट्टामा भएका अनियमितता, गुणस्तरहीन ब्लक, र सामग्रीलगायतको विषयमा प्रश्न उठेपछि मेयर साहले उपाध्यक्षलाई पत्र नै नदिई प्रहरी खटाएर हटाउने प्रयास गरेका थिए ।

उपाध्यक्ष राजभण्डारी हिजोसम्म पनि नियमित काम गरिरहनुभएको छ । स्रोतका अनुसार उपाध्यक्ष राजभण्डारीले विभिन्न वडामा भइरहेको विकार निर्माणको कामको दैनिकजसो अनुगमन गरिरहनुभएको छ । मेयर बालेन्द्र साहले करिब दुईसाता अघि कार्यालयबाट हटाइएको थियो ।

महानगर प्रहरी बल राजु पाण्डेले महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलगायत टिम खटाएर कोठा खाली गराएका थिए । कोठामा साथीसँग गफ गरिरहनुभएका राजभण्डारीलाई प्रहरीले तत्काल बाहिर निस्कन निर्देशन भएको भन्दै अपमानजनक रूपमा हटाइएको थियो ।

मेयर साहले करिब २ वर्षअघि नियुक्ति गर्नुभएका उपाध्यक्ष राजभण्डारीलाई हटाएको कारणबारे खुलाइएको छैन । के कारणले हटाइयो ? हालसम्म हटाएको पत्र किन दिइएन ? लगायतका विषय अहिले पनि अनुत्तरित छ । स्रोतका अनुसार मेयर सचिवालयका सदस्यले मेयरलाई नकारात्मक कुरा लगाउने र मेयरले हटाउने आदेश दिने संस्कार बसेको छ ।
मेयर साहको अन्तर्गतको आयोगमा मेयरले इच्छाएको विज्ञलाई नियुक्त गर्न पाउने व्यवस्था छ । सोहीअनुसार हाल उपाध्यक्ष राजभण्डारी, सदस्यमा डा. सुरजराज काफ्ले, बाबुराम भट्टराई, शैलेन्द्र झा सदस्य छन् । सहायकविज्ञमा आधादर्जन बढी विज्ञ छन् ।