काठमाडौंमा ट्राफिक समस्या तीव्र, समाधानका लागि पाइलट प्रोजेक्ट सुरु


काठमाडौं ।

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप, कमजोर पूर्वाधार, ट्राफिक लाइटको अव्यवस्था र लापरवाह ट्राफिक व्यवस्थापनका कारण सडक प्रणाली अस्तव्यस्त बनेको छ। उपत्यकामा १७ लाखभन्दा बढी सवारी साधन दर्ता छन् तर ६७ मध्ये केवल ४२ ट्राफिक लाइट मात्र सञ्चालनमा छन्।

सडक विभागका अनुसार अत्यधिक सवारी चाप भएका चोकमा ट्राफिक लाइट प्रभावकारी नहुने भएकाले ग्रेड सेपरेटेड संरचना आवश्यक छ।

समस्या समाधानका लागि भौतिक पूर्वाधार मन्त्रालयले जाइकाको सहयोगमा नयाँबानेश्वर र लैनचौरमा पाइलट प्रोजेक्ट सुरु गरेको छ। यसले ट्राफिक गति ३०५ ले वृद्धि गर्ने, दुर्घटना र जाम घटाउने लक्ष्य राखेको छ। जाइकाले अन्य २३ चोकमा पनि सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

विशेषज्ञहरूका अनुसार ट्राफिक लाइट मर्मत, भौतिक सुधार र सार्वजनिक यातायातको दीगो समाधान आवश्यक छ।