काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। राति पनि अधिकांश ठाउँमा बदली रहनेछ भने केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया