काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (आइतबार) बेलुका ७ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका उच्च स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
बोर्डले नतिजा सार्वजनिक गर्न साढे ५ बजे बोर्ड बैठक बाेलाएको छ ।
गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए।
तिनीहरूमध्ये ३ लाख ९५ हजार ९०८ जना नियमित तथा १ लाख १५ हजार ६१७ जना आंशिक परीक्षार्थी थिए।
विद्यार्थीहरूले नतिजा निम्न माध्यमहरूबाट हेर्न सक्नेछन्ः
-राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट
-एसएमएस सेवा
-मोबाइल एप्लिकेसन











प्रतिक्रिया