नारायणबाबु र केन्जुमाको ताण्डव स्तोत्रम्


गायक गायिका नारायणबाबु कोईराला र केन्जुमा सुब्बाको स्वर तथा जुगल डंगोलको संगीतमा शिव ताण्डव स्तोत्रम् हालै सार्वजनिक गरिएको छ।

जसमा कृष्णप्रसाद सापकोटाको तबलावादन रहेको छ।प्रधुम्न मिश्रको निर्देशन रहेको सो स्तोत्रम्मा धार्मिक स्थल पशुपति श्रेत्रका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा गायक गायिकाका साथमा कलाकार नरोत्तम न्यौपाने फिचर्ड छन्।

भिडियोमा प्रधुम्न मिश्रको साथमा प्रधुम्न डंगोल र सोहन मानन्धरको छायांकन रहेको छ भने सोहन मानन्धरको सम्पादन रहेको छ। भिडियो बुढासुब्बा डिजिटल युट्युबमा हेर्न सकिन्छ।