हवाई उडानमै नवजात शिशुको ज्यानबचाए गायक डाक्टर झाले


गायक, संगीतकार तथा चिकित्सक डा. रञ्जित झाले हवाई उडानकै क्रममा आपतमा परेका एक नवजात शिशुको ज्यान बचाएका छन्। हालै जनकपुरबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको विमानमा रहेका शिशुमा अचानक गम्भीर स्वास्थ्य समस्या देखिएपछि डा. झाले तत्काल प्राथमिक उपचार गरी संकट टारेका हुन्।

उडानको क्रममा अक्सिजनको कमी भएपछि जन्मजात मुटुरोग कन्जेनिटल हार्ट डिजिजबाट पीडित शिशुको शरीर निलो हुन थालेको थियो। सोही विमानमा यात्रा गरिरहेका लहान प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (प्रमुख) समेत रहेका डा. झा तत्काल सक्रिय भइ प्राथमिक उपचारमा जुटेको हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘यात्राकै क्रममा शिशुको शरीर निलो हुन थाल्यो। एयरलाइन्सका कर्मचारीले सहयोग मागे। भाग्यवश जहाजमै हुनुहुन्थ्यो डा. रञ्जित झा। उहा“ले अक्सिजन मिलाउने, इमरजेन्सी प्रयास गर्ने र अभिभावकलाई मानसिक सान्त्वना दिँदै अस्पतालसम्म सुरक्षित पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुभयो’ गजुरेलले घटनाको समयको तस्वीरसमेत सेयर गर्दै फेसबुकमा लेखेका छन् ‘गुड जब डा. रञ्जित। अरुलाई आपत परेको बेला आप्mनो सिप र ज्ञान प्रयोग गर्नु नै मानवीय धर्म हो।’

जहाज अवतरण हुनासाथ डा. झाले त्रिभुवन विमानस्थलमै एम्बुलेन्सको व्यवस्था गरी शिशुलाई तुरुन्तै अस्पताल पु¥याउन समन्वयसमेत गरेका थिए। डा. झा चिकित्सा र गायन दुबै क्षेत्रमा परिचित नाम हुन्। बंगलादेशबाट एमबीबीएस, त्रिवि शिक्षण अस्पतालबाट एमडी मेडिसिन, भारतको दिल्लीस्थित अपोलो अस्पतालबाट डाइबेटिज, कार्डियोलोजी तथा आईसीयू मेडिसिनमा फेलोसिप गरेका डा. झा चिकित्सा क्षेत्रमा झन्डै दुई दशकदेखि सक्रिय छन्।

वीर अस्पतालमा कन्सलटेन्ट सिनियर फिजिसियन, गणेशमान सिंह अस्पताल महालक्ष्मीस्थान र शिवज्योति अस्पताल बल्बको ओपीडीदेखि आईसीयुसम्मको सेवा दिइसकेका उनी गजेन्द्र नारायण सिंह लहान र जिरी अस्पताल दोलखाको प्रमुख थिए भने हाल लहान प्रादेशिक अस्पतालको प्रमुखका रूपमा कार्यरत छन्। संगीत क्षेत्रमा छुट्टै परिचय बनेका उनी तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्।
यस घटनाले डा. झाले चिकित्सकीय सीप र मानवीेयता दुवैलाई सही समयमा प्रयोग गरेर संकटमा परेका एक शिशुको जीवन जोगाएको प्रेरणादायक उदाहरण पेश गरेको छ