मनसुनको प्रभाव: देशभर वर्षा, कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा चट्याङसहित मध्यम वर्षा र कोशी, गण्डकी तथा लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।