काठमाडौं ।
सर्वोच्च अदालतमा आज (शुक्रवार)भ्रष्टाचारसम्बन्धी ९९ वटा मुद्दा तीन इजलासमा पेसीमा तोकिएका छन्।
न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासमा झुट्टा प्रमाणपत्र, सवारी अनुमतिपत्र, परीक्षा नतिजा फेरबदललगायत ३२ मुद्दा छन्।
न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा ३३ मुद्दा पेसीमा छन्, जसमा नक्कली जग्गाधनी खडा गर्ने, सरकारी अनुदान हिनामिना, विद्यालयको रकम दुरुपयोगजस्ता मुद्दा छन्।
त्यस्तै, न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा सरकारी सम्पत्ति हिनामिना, पद नपाई पद पाएको भनी भ्रष्टाचार गर्ने, राजश्व चुहावटलगायत ३४ मुद्दा तोकिएका छन्।











प्रतिक्रिया