हाजिर नभएका २३ कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे उर्दी


काठमाडौं ।

गृह मन्त्रालयले सरुवा भई पनि तोकिएको कार्यालयमा समयमै नहाजिर भएका १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको छ।

बिहीबार मन्त्रालयको कर्मचारी प्रशासन शाखाले वेभ पोर्टलमार्फत सूची सार्वजनिक गर्दै ती कर्मचारीलाई तुरुन्त खटिएको स्थानमा हाजिर हुन निर्देशन दिएको हो।

असार १६, १८, साउन ७ र १८ गते सरुवा भई अहिलेसम्म नहाजिर भएकाहरूलाई यो उर्दी जारी गरिएको मन्त्रालयले जनाएको छ।