प्रेस युनियनको नयाँ सदस्यता अभियान सुरु, १०० दिनसम्म सञ्चालन हुने


काठमाडौं ।

नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरु गरेको छ। केन्द्रीय समितिको निर्णयअनुसार बिहिबार काठमाडौं शाखाबाट अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

युनियन अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, सल्लाहकार तारानाथ दाहाल र धर्मेन्द्र झाले सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरे।

नेपाल प्रेस युननियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा विशेष अभियान’ सुरु भएको थियाे ।

अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ। क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण तथा प्रमाणसहित नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियनले जनाएको छ।

७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखामा अभियान सञ्चालन गर्न सर्कुलर गरिएको र नवीकरण तथा नयाँ सदस्यता आवेदन आवश्यक कागजातसहित केन्द्रीय समितिमा पठाउनु पर्ने व्यवस्था गरिएको छ।