काठमाडौं ।
कमलामाई नगरपालिका–२ भद्रकालीस्थित ढुङ्ग्रेभन्ज्याङ गडीडाँडामा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध (वि.सं.१८२४) का वीर नायकहरुको संयुक्त मूर्ति र भित्ते लेखन कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेललाई आज भवानी बक्स गणबाट औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। कार्यक्रममा नगरका शाखा प्रमुखहरु, प्र.से. बद्री कुँवर, प्र.से. तेजेन्द्र मगर र उ.से. दिल रतौकीको उपस्थिति थियो।
सो अवसरमा नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले गढी क्षेत्रको पूर्वाधार विकासमा सेनाको सहयोग सराहनीय रहेको भन्दै, संरक्षण कार्यमा नगरपालिका सदैव सहकार्य गर्न तत्पर रहेको बताए। साथै, सोही कार्यक्रममा प्र.से.बद्री कुँवर र उ.से.दिल रतौकीको बिदाइ तथा प्र.से.तेजेन्द्र मगरको स्वागत समेत गरिएको थियो।











प्रतिक्रिया