आगामी भदौ २० गते रिलिजमा आउने फिल्म चिठ्ठीको पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक मोसन पोस्टरमा फिल्मको रहस्य, डर र हासोको फ्युजन झल्किन्छ।
फिल्ममा यथार्थपरक हास्य, सामाजिक व्यंग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रूपमा चित्रण गरिएको फिल्मका निर्देशक माधवराज खरेलले जानकारी गराएका छन्।
फिल्मले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोगजस्ता मुद्दा उठान गरेको छ। खड्गबहादुर पुन मगर खबपु, सञ्जित भण्डारी, गोपाल ढकाल छन्दे, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रह्लाद खरेल, डेभिलसिंह राजपुत, समीर लामा, राजु कार्की, रज्जु गुरुङलगायतका कलाकारले अभिनय गरेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन्।











प्रतिक्रिया