काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, मधेस प्रदेशमा आंशिक बदली देखिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमलगायतका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पहाडी भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ। बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया