प्रचण्डद्वारा घाइते रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी)का उपमहासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर उनले भट्टको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनका क्रममा ढुंगा प्रहार हुँदा भट्ट गम्भीर घाइते भएका थिए। चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ र अहिले अवस्था सामान्य छ। यसअघि उपमहासचिव जनार्दन शर्माले पनि भट्टको अवस्थाबारे जानकारी लिएका थिए।