राजनीतिक दललाई नम्बर दिने निर्वाचन आयोगको तयारी


काठमाडौं ।

निर्वाचन आयोगले राजनीतिक दलको व्यवहारका आधारमा अंक दिने गरी ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ ल्याएको छ। आयोगले सो कार्यविधिको मस्यौदामा दलले आफैंले मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ, जसको आधारमा आयोगले अंक निर्धारण गर्नेछ। प्राप्त अंकको आधारमा सरकारले दललाई सुविधा दिनेछ।

आयोग सचिवको संयोजकत्वमा मूल्याङ्कन समिति रहनेछ, जसले स्वमूल्याङ्कनको निगरानी, छानबिन र निर्देशन गर्नेछ। मूल्याङ्कनका आधारमा कानुन पालना, निर्वाचनमा सहभागिता, समावेशी संरचना, वित्तीय पारदर्शिता लगायतका सूचक समेटिएका छन्।

यसको उद्देश्य दलको आन्तरिक लोकतन्त्र मजबुत बनाउने, कमजोर पक्ष पहिचान गर्ने र राज्यको सुविधा वितरणलाई व्यवस्थित बनाउनु रहेको छ।