काठमाडौं ।
निर्वाचन आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदामा सुझाव मागेको छ । आयोगले राजनीतिक दलहरूसहित सरोकारवालाहरूलाई साउन २२ गतेसम्म राय दिन आह्वान गरेको हो ।
प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दलहरूको आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन कार्यविधि तयार गरिएको हो ।
मस्यौदामा ९ वटा मूल्यांकन क्षेत्र निर्धारण गरिएको छ, जसमा कानूनी पालना, रणनीति निर्माण, वित्तीय पारदर्शिता, समावेशी संरचना र सुधारका पक्ष समावेश छन् । स्वमूल्यांकनपछि दलले प्रतिवेदन आयोगमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया