नागढुंगामा ट्रामाडोलसहित दुई जना पक्राउ


काठमाडौं ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले ट्रामाडोल १४,७६० क्याप्सुल र ६० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

२०८२ साउन १५ गते बिहान १:१५ बजे नागढुंगा पिप्लामोडमा चेकजाँच गर्ने क्रममा बा.प्र.०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरमा आएका पर्सा निवासी २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बुका १८ वर्षीय नर्बु शेर्पालाई पक्राउ गरिएको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट बुझाइएको छ।