आगामी भदौ २७ गते रिलिजमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माणपक्षले फिल्मका दुई फरक पोस्टर सार्वजनिक गर्दै दर्शकबीच कौतुहलता बढाउने प्रयास गरेको छ।
पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकारहरू प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, किरण श्रेष्ठसहित अन्य कलाकार देखिएका छन्। तीमध्ये किरण श्रेष्ठबाहेक सबैलाई तनावग्रस्त मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा एक पात्रलाई हतकडी लगाइएको छ भने प्रहरी अधिकृत बयान लिइरहेका छन्। छेउमै सुरक्षार्थ उभिएको प्रहरी जवानले दृश्यलाई थप गम्भीर बनाएको छ। दोस्रो पोस्टरमा भने फरक दृश्य देखाइएको छ। कामेश्वर र लक्ष्मी कुनै मन्दिरमा आरती गर्दै हर्षित मुद्रामा देखिन्छन्। उनीहरूको गेटअपले नवविवाहित जोडीको झल्को दिन्छ। यी दुई पोस्टरले पात्रहरूको लुक्स र सम्बन्धलाई झल्काउदै कथामा सस्पेन्स थपेको छ।
भदौ २७ गते नेपाली संस्करण र असोज ६ मा हिन्दी संस्करणमा वल्र्डवाइड रिलिज हुने फिल्मले पैसाको लोभमा फसेको व्यक्तिको संघर्षपूर्ण यात्रा र त्यसबाट उम्किन खोज्ने कथाको चित्रण गरेको छ।
सुशान्त गौतमको डेब्यु निर्देशनमा निर्माणाधिन फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको मुख्य भूमिका रहेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्मित फिल्ममा लेखन मुकेश खनाल, छायांकन निर्देशन शरद महतो र सम्पादन मदन घिमिरेको रहेको छ। फिल्ममा रमेश चौलागार्इं र हरि श्रेष्ठ सहनिर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइ“टेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता तथा जीवन शाक्य लाइन प्रोड्युसर रहेका छन्।











प्रतिक्रिया