ख्यातिप्राप्त गायिका तथा संगीतकार मीरा राणालाई पति शोक परेको छ।गायिका राणाको पति उदयजंग राणाको ७६ वर्षको उमेरमा बुधबार बिहान साढे आठ बजे धापासीस्थित निवासमा निधन भएको हो। १० महिनायता प्यानक्रियाजको क्यान्सरसग जुद्धै आइरहेका उनलाई केही दिनअघि मात्र जावलाखेल क्यान्सर अस्पतालमा आईसीयूमा उपचारपश्चात् घर ल्याइएको थियो। राणाको दुई छोरामध्ये बेलायतमा बस्दै आएका कान्छा छोरा पनि पिताको गम्भीर स्वास्थ्य अवस्था थाहा पाएपछि नेपाल नै आएका थिए। उनको बुधबार बिहान नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
कर्मचारी सञ्चय कोषका जागिरे राणा पछिल्लो समय त्यहँबाट रिटायर्ड जीवन बिताइरहेका थिए। मीरास“ग उनको प्रेम विवाह भएको थियो। २०२६ सालमा मीरा महेन्द्र पुलिस क्लबमा गीत रिहर्सल गर्न जाने क्रममा साझा बस चढ्दै गर्दा मीरा र उदयको भेट भएको थियो। एक दिन मीरा बसबाट ओर्लने क्रममा पैसा तिर्न लाग्दा बसको कर्मचारीले तपाईंको भाडा त भइसक्यो भनेका थिए।
मीरा छक्क परेर कसले तिरेछ भनेर सोद्धा कर्मचारीले भाडा तिरेर बसबाट ओर्लिसकेका उदयलाई देखाएका थिए। उदय बाहिर उभिएर दुईटा टिकट देखाइरहेका थिए। सञ्चय कोषमा जागिर खाने उदय र मीराको दिनहुजसो भेट हुन थालेपछि उनीहरुबीच माया प्रेम बसेको थियो। दुई वर्षको प्रेमसम्बन्धपछि उनीहरुको विवाह २०२८ सालमा बम्बईमा भएको थियो।
विवाहपछि मीरालाई गायनमा निरन्तरता दिन उदयले सहयोग गर्दै आएका थिए। उदयजंगको स्वास्थ्य समस्याका कारण मीरा पछिल्लो समयमा आफैंलाई सम्मान गर्ने कार्यक्रमहरुमा समेत सहभागी नभई पतिको हेरचाह गरिरहेकी थिइन्।











प्रतिक्रिया