ललितपुर–२१ का वडाध्यक्षको सक्रियता: खानेपानी समस्या दीर्घकालीन समाधान गर्न  प्रतिबद्धता


ललितपुर ।

 महानगरपालिकाका ८ वटा वडाका सथानीयलाई खानेपानी व्यवस्थापन गर्न बृहत् योजना बनाइने भएको छ । मंगलबार खोकनामा बसेको बैठकले खानेपानीको मुहानदेखि भण्डारण स्थलसम्म व्यवस्थित गर्ने निर्णय भएको छ । बैठकमा ललितपुर महानगरपालिकाका ३, ४, १३, १४, १८, २१, २२, र २५ वडाका वडाध्यक्ष र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकमा खानेपानीको दीर्घकालीन समाधान गर्न सबैले प्रतिबद्धता जनाएका छन् । 

 बैठकमा काठमाडौँ  उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) प्रमुख  कार्यकारी अधिकृत अशोक पौडेलको पनि  उपस्थिति रहेको थियो । बैठकले ललितपुर महानगरपालिका भित्र खानेपानी समस्या समाधान गर्न आठवटै वडा अध्यक्ष एवंम् प्रतिनीधि, काठमाण्डौं उपत्यका खानेपानी ब्यबस्थापन बोर्ड तथा केयुकेएल प्रमुखले हाल भईरहेको खानेपानी आपूर्तिको प्रेसर बढाउन सक्ने गरी बागमती नदी पाइप क्रसिङ्गमा तत्काल ट्रष्ट ब्लक निर्माण गरी साबिकको प्रेसरमा पानी सञ्चालन गर्ने निर्णय भएको ललितपुर २१ का अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिए । सोही वडाको संयोजनमा बैठक भएको थियो। 

बैठकले  शेषनारायण मूहानको पानी सञ्चालन गर्न दक्षिणकाली नगरपालिका–३   स्थित कोटापरीमा २ सय मिलिमिटरको पाइप मर्मत गर्न केयुकेएलको तर्फबाट ठेक्का भइसकेको सन्दर्भमा उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गर्न आवश्यक पहल गर्ने र फर्पिङ खानेपानी प्रणाली अन्तर्गतका स्रोतहरुलाई ब्यवस्थित गर्न केयुकेएलको तर्फबाट डिपिआर तयार गरी सरोकार निकायहरू समक्ष प्रस्तुत गर्ने  निर्णय गरेको थियो । 

 एकमहिना लामो प्रयासपछि गतवर्ष असोजमा बिग्रिएको पाइप बनेको थियो । करिब एकलाख जनसंख्याले  खानेपानीको हाहाकार बेहोर्नुपरेको थियो । वडाध्यक्ष महर्जनले अब खानेपानी वितरण र व्यवस्थापनमा समस्या आउननदिने प्रतिबद्धता जनाएका थिए । उनले भने–’अब कुनै समस्या आए तत्काल मर्मत गरी खानेपानीलाई नियमित गर्नेछौँ  ।’ सुरक्षित गर्न तत्काल काम गर्ने जनाएका थिए । 

बैठकमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल,काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका उप कार्यकारी निर्देशक डा. डोलप्रसाद चापागाईँ, काठमाडौँ उपत्यका खानेपानीका सहायक प्रबन्धक विजय विश्वकर्मा, ललितपुर महानगरपालिका २१ का अध्यक्ष रबिन्द्र महर्जन,  वडा–३ का अध्यक्ष श्रीगोपाल महर्जन, २५ का वडाध्यक्ष दौलत कुमार खत्री, २२ का अध्यक्ष सागर तुलाधर, वडा–४ का अध्यक्ष सन्तोष खड्का, १८ का वडा सदस्य गोपाल डंगोल,वडा–२१ का सदस्य हेलेन शोभा महर्जन, प्रदीपकुमार डंगोल, शालिकराम महर्जन, र वडा सचिव सुनिल महर्जन र विनोद महर्जन लगायतले आफ्नो धारणा राखेका थिए ।