मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


दाङ।

लमही नगरपालिका-२ सोनपुरस्थित सडकमा लु. ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका-६ पत्यरगोडा बस्ने २२ वर्षीय अयोध्य चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।