काठमाडौँ।
ख्यातिप्राप्त गायिका मीरा राणालाई पति शोक परेको छ।
गायिका राणाको पति उदय राणाको बुधवार बिहान निधन भएको हो। कर्मचारी सञ्चय कोषका जागिरे उनी त्यहाँबाट रिटायर्ड जीवन बिताइरहेका थिए।
उनी केही महिना यता विभिन्न स्वास्थ्य समस्यासँग जुध्दै आइरहेका थिए। स्व. राणाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ।
राणा दम्पतीको २ छोरा विदेशमा रहँदै आएका छन्।











प्रतिक्रिया