बलिउड हल्लाए अहान र अनितले

आईएमडीबीबाट सलमान, शाहरुखहरु आउट


बलिउडमा एक युगको अन्त्य भइरहेको पछिल्लो सूचीले संकेत गरेको छ।
विश्वप्रसिद्ध फिल्म डाटाबेस आईएमडीबीले हालै सार्वजनिक गरेको चर्चित भारतीय सेलिब्रेटीको सूचीले बलिउडमा हलचल मच्चाएको छ। किनभने, वर्षौंसम्म शीर्ष स्थान ओगट्दै आएका सलमान खान, अक्षय कुमार, दीपिका पादुकोण, शाहरुख खानजस्ता ठूला नामहरू यसपटक आईएमडीबीको शीर्ष १० बाटै हराएका छन्।

अझ चकित बनाउने कुरा के भने, सूचीको शीर्ष स्थानमा प्रवेश गरेका छन् एक नयाँ अनुहार– फिल्म सैयाराका डेब्यु अभिनेता अहान पाण्डेले। उनलाई पछ्याउँदै दोस्रो स्थानमा निर्देशक मोहित सुरी र तेस्रो स्थानमा सैयाराकै नव–नायिका अनित पड्डा रहेकी छन्। सैयाराले बलिउड बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। नयाँ अनुहारहरूको जोश, ताजापन र प्रदर्शनले फिल्मले न केवल भारतमा रेकर्ड ब्रेक गरेको छ, नेपालमै पनि वर्षकै सर्वाधिक कमाई गर्ने बलिउड फिल्म बन्ने संकेत देखाएको छ।

आईएमडीबीले प्रयोगकर्ताहरूको खोजी, क्लिक, प्रोफाइल भिजिटजस्ता आधारमा तयार गर्ने यो सूचीमा चौथो स्थानमा ऐश्वर्या राय बच्चन, पाँचौंमा फतिमा सना शेख, छैटौंमा कटरिना कैफ तथा सातौं र आठौंमा शाहरुख खान र आमिर खान, नवौंमा सान्विका र दशौंमा आर माधवन रहेका छन्।
सलमान खान, अक्षय कुमार, दीपिका पादुकोणजस्ता स्टारहरू नामै नआएको यो सूचीले नयाँ पुस्ताको उदयको संकेत गरेको छ।
सैयाराले अहान र अनितलाई रातारात सुपरस्टार बनाएको छ। अब बलिउडको भविष्य यिनै नयाँ अनुहारले लेख्ने हो कि भन्ने बहस बलिउडमा शुरु भएको छ।