नीता ढुंगानाको सुख–दुःखमा मिथिला शर्मा


अभिनेत्री, निर्मात्री तथा निर्देशक नीता ढुंगाना अधिकारीको डेब्यु निर्देशनमा बन्ने फिल्म सुख–दुःखको टिममा अब एक बलियो नाम थपिएको छ– लोकप्रिय अभिनेत्री मिथिला शर्मा।

अभिनेत्री तथा निर्मात्री अधिकारीको फिल्म प्रडक्सनले मिथिलालाई अनुबन्ध गर्दै आफ्नो कलाकार टिम झन् सशक्त बनाएको हो। औपचारिक सम्झौतासँगै अभिनेत्री शर्मा फिल्ममा आबद्ध भएकी हुन्। सम्झौता पछि अभिनेत्री तथा निर्देशक ढुंगाना निकै भावुक हुँदै सुनिइन– ‘हामी धेरै खुसी छौं। उहाँ (मिथिला) बिना यो फिल्म अपुरो लागिरहेको थियो, अब मात्र पूर्णताको यात्रा शुरु भएको महसुस भइरहेको छ।’

अभिनय र नृत्यमा जम्दै आएकी नीताले यो प्रोजेक्टमार्फत निर्देशनमा पाइला चाल्दै छिन्। यसअघि नै फिल्मका लागि भारतका चर्चित छायाकार कविरलाल र शाहिदलाल अनुबन्ध भइसकेका छन्। छायांकनमा बलियो टिम तयार भइसके पनि फिल्मका मुख्य कलाकारको नाम भने तय भइसहेको छैन। नीता फिल्म्स्को ब्यानरमा बन्ने फिल्म आगामी वर्ष दशैंको फूलपातीको अवसर पारेर सार्वजनिक गर्ने तयारी छ।

सशक्त टिम, अनुभवी कलाकार र पहिलोपटक निर्देशनमा होमिएकी अभिनेत्री यी सबै कारणले सुख–दुःख अब चर्चा र उत्सुकताको केन्द्रमा रहेको छ।