पाँचथर।
भूमि आयोग गठन गरी ३१ वर्षमा पाँचथर जिल्लामा २१ पटक गठन भइसकेको आयोगले सुकम्बासीलाई धनीपुर्जा दिन नसकेको भन्दै यसबर्ष समयमै धनिपुर्जा दिनेगरी अमिनिहरु स्थलगत नापजाचँ सुरु गरेको छ ।
भूमि समस्या समाधान आयोग पाँचथर अध्यक्ष धनकुमार फियाका अनुसार भूमिहीन व्यक्तिलाई जग्गा धनी पुर्जा दिन पाँचथरको दुई पालिकामा अमिनि सहितको टोली जग्गा नापजाँच सुर गरेका हुन । पहिलो चरणमा भूमिहीन तथा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन जिल्लाको दुई पालिकामा सुरु गरेको अध्यक्ष फियाकको भनाइ छ ।
जग्गा नापजाँच तथा किक्ताकाँट गर्ने अमिनी र सर्वेक्षक ६ जना स्थलमा खटिएकाछन् । उनीहरुले हिलिहाङ गाउँपालिकाको सात वडामा चारजनाको लागि २१ रोपनी आठआना जग्गा नापजाँच गरिसकेका छन् । मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर छ, सात र आठका भूमिहीन ६ जना र अव्यवस्थित ६५ जनाको दुईसय ८३ रोपनी ११ आना जग्गा नापजाँच गरेको टोली प्रमुख सर्वेक्षक अनिस पुनले बताए ।
भूमि आयोग पाँचथरले एकसय ११ भूमिहीन दलित, एकसय ४४ भूमिहीन सुक्कुमबासी र ६हजार ६ सय ४० अव्यवस्थीत बसोबासको लगत विवरण संकलन भएकाछन् । विवरण संकलन भएका मध्ये एकसय एक भूमिहीन दलित, एकसय ६ भूमिहीन सुकम्बासी र चार हजार नौसय एक अव्यवस्थित लगत विवरण प्रविष्ट भइसकेको नापी प्रमुख उमेस नेम्बाङले बताए ।











प्रतिक्रिया