गायकगायिका रामचन्द्र काफ्ले र भावना आचार्यको स्वरमा सोच सोच केटी हो बोलको तीज गीत सार्वजनिक गरिएको छ।
गायिका आचार्यको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको गीतमा शब्द र संगीत पनि उनी स्वयंको छ। नीतीन चन्दले निर्देशन गरेको गीतको भिडियोमा गायिका भावनाका साथमा अभिनेत्री शिल्पा पोखरेल, राजन अधिकारी, अमृत आचार्य र नवीन किशोर फिचर्ड छन्। सुरेन बसेलले कोरियोग्राफीले गरेको गीतको भिडियो विनोद विष्टले खिचेका छन् भने सम्पादन सौखिन तिमिल्सिनाको छ।
प्रेम तथा वैवाहिक सम्बन्धको विषयमा पुरुष–महिला दुवैलाई सचेत गराउने खालको शब्द र भाव रहेको गीतको भिडियो रमाइलो बनेको छ। गायिका आचार्यले यसअघि बग्ने खोला बगी गो, बग्ने खोला–२, माया बस्ला फेरिलगायतका गीत ल्याइसकेकी छन्।











प्रतिक्रिया