काठमाडौं।
आगामी भदौमा काठमाडौँमा चौथो काठमाडौँ कलिङ साहित्य महोत्सव हुने भएको छ। साहित्य, संगीत, चलचित्र र सिर्जनात्मक संवादको साझा थलोका रूपमा स्थापित महोत्सव जीवन योति डि जि टल केयर र केएलएफको सहकार्यमा आगामी भदौ २७ र २८ गते होटेल याक एन्ड यतिमा हुने कालिङ्ग साहित्य महोत्सवका संस्थापक तथा निर्देशक रश्मि रञ्जन परिडाले जानकारी दिएकी छन्
यसपटकको महोत्सवमा ३०० भन्दा बढी लेखक, स्रष्टा, कलाकारहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंकालगायत देशहरूबाट महोत्सवमा सहभागी हुने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवका काठमाडौं निर्देशक विकास भुसालका अनुसार यस पटकको संस्करणको मूल विषय ‘सीमापार : परिवर्तनशील विश्वमा दक्षिण एशियाली साहित्य’ तय गरिएको छ । ‘नेपालको सांस्कृतिक धरोहर, प्राकृतिक स्रोत, र रणनीतिक अवस्थाले विश्व सभ्यतामा ठूलो योगदान पुर्याएको छ ।’ भुसालले भने
महोत्सवमा भारतका प्रख्यात अभिनेता तथा निर्देशक अमोल पालेकर, प्रख्यात स्क्रिप्ट राइटर संध्या गोखले, ख्यातिप्राप्त गायिका तथा अभिनेत्री इला अरूण, लोकप्रिय युट्युबर तथा अभिनेत्री प्रजक्ता कोली र चलचित्र–संगीत विज्ञ यतिन्द्र मिश्रको समेत सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवबारे जानकारी दिँदै आयोजक कलिङ्ग लिटरेरी फेस्टिभलका संस्थापक तथा निर्देशक रश्मि रञ्जन परिडाले काठमाडौं संस्करणलाई नेपाल–भारतबीचको सांस्कृतिक, साहित्यिक र धार्मिक सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिइएको बताए ।
महोत्सवमा अभिनेता अमोल पालेकर र लेखक संध्या गोखले ‘भ्यूफाइन्डर: अ मेमोयर’ पुस्तकका सन्दर्भमा विशेष सत्रमा सहभागी हुनेछन् ।
यस पुस्तकमार्फत पालेकरले आफ्नो जीवनका अनुभवहरू, संघर्ष र भारतीय चलचित्र तथा रंगमञ्च क्षेत्रका ऐतिहासिक पक्षहरूलाई केलाएका छन् ।
गायिका तथा अभिनेत्री इला अरूण ‘पेङ्ग्वीन र्यान्डम हाउस’द्वारा प्रकाशित आफ्नो आत्मकथामाथि आधारित कुराकानी सत्रमा सहभागी हुनेछिन् ।
त्यस्तै, प्रजक्ता कोली मोस्ट्लीसेनले हार्पर कोलिन्सद्वारा प्रकाशित पुस्तकका सन्दर्भमा ‘वन टू वान कर्न्भसेसन’मा सहभागिता जनाउनेछिन् ।
हालै टाइम हन्ड्रेडको क्रियटर्स लिस्ट २०२५ माा समावेश भई सम्मानित भएकी कोली उक्त सूचीमा पर्न सफल पहिलो भारतीय क्रिएटर समेत हुन् ।
फिल्म तथा संगीत विज्ञ यतिन्द्र मिश्रले भारतीय संगीत, चलचित्र र साहित्य सम्बन्धी विविध विषयमा आफ्नो धारणा राख्नेछन् ।
उनले लेखेका ‘लता: सुर–गाथा’, ‘अख्तरी’ र ‘शहरनामा फैजाबाद’ लगायत पुस्तकहरूले भारतीय कलासंस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
महोत्सवमा समावेश हुने कार्यक्रमहरु:
प्यानल छलफल र मुख्य सम्बोधन ।
कविता वाचन तथा सांस्कृतिक प्रस्तुति ।
पुस्तक विमोचन र लेखकसँग अन्तर्क्रिया ।
लेखन, अनुवाद र प्रकाशनसम्बन्धी कार्यशाला तथा मास्टरक्लास ।
दक्षिण एशियाली साहित्य पुरस्कार तथा सम्मान ।
सीमापार सहकार्य र अन्तर्राष्ट्रिय सञ्जालसँग संवाद ।
काठमाडौं केएलएफलाई नेपालतर्फबाट जीवन ज्योति डिजिटल केयरले सह–आयोजकको रूपमा सहकार्य गर्दै आएको छ ।











प्रतिक्रिया