गोसाईंकुण्डमा डुबुल्की मार्ने क्रममा दुई जना तीर्थयात्रीको मृत्यु 

92.59k
Shares

 रसुवा। 

पवित्र तीर्थस्थल गोसाईंकुण्डमा डुबुल्की मार्ने क्रममा २ जना तीर्थयात्रीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी  कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार साउन १० गते शनिवार गोसाईंकुण्ड जान आएका माेरङ बेलबारि नगरपालिका ४ घर भएका वर्ष २८ का मनाेज न्यौपाने र विराटनगर महानगर पालिका ३ का वर्ष २६ का सुरज ढकाल ११ गते गोसाईंकुण्ड पुगि करिव ४ वजे काे समयमा नुहाउने क्रममा डुबुल्की मार्ने क्रममा मृत्यु भएको हाे ।

कुण्ड गहिराे र वर्खाकाे समयमा पानिकाे वहाव बढ्ने हुँदा उनीहरु  गहिराे ठाउँमा नुहाउन पसेका कारण डुबेको हुन सक्ने अनुमान गरिएको प्रनाउ शाहीले वताए ।कुण्डमा मानिस डुवेर हराए भन्ने थाहा पाउने बित्तिकै नेपाली सेनाकाे उद्धार टोली आइतबार साँझ नै घटनास्थल तर्फ परिचालन गरिएको थियो ।

१२ गते साेमवार विहान बाट उद्धार कार्य सुरु गरिएको थियो,अविरल वर्षाका कारण डुबेको शव निकाल्न कठिन अवस्थामा पनि १० वजे दुबैकाे शव कुण्डवाट निकालिएको थियो ।डुबेका व्यक्ति हरूकाे शव निकाल्न नेपाली सेना श्री,श्रीनाथ गण,नेपाल प्रहरी र सशस्त्र प्रहरी वल २० नम्बर गुल्म  रहेका थिए । मृतक द्वय लाई प्रहरीले मुचुल्का उठाई पोस्टमार्टम  पश्चात् परिवारको जिम्मा लगाइने बताइएको छ ।

गोसाईंकुण्ड मेला तथा जनैपूणिर्माकाे अवसरमा तिर्थयात्रिहरूकाे भिड हुने र कुण्डमा स्नान गर्दा एकले अर्कालाई हात समातेर डुबुल्की मार्न अनुराेध गर्दै पाैडि खेल्ने वा तालमा एक्लै डुबुल्की नमार्न सबैलाई आग्रह गरिएको सूचना अधिकारी समेत रहेका रसुवा प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी ले बताए ।

साउन १३ गते देखि २४ गते जनैपूणिर्मा सम्म गोसाईंकुण्ड मेला भर्न आउने तिर्थयात्रिहरूलाई  रसुवा र नुवाकोटको संगमस्थल उत्तर गया धाम वेत्रावतिदेखि गोसाईंकुण्ड सम्म स्वास्थ्य सुरक्षाको राम्रो व्यवस्था मिलाइएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डियमले जानकारी दिए ।