र्यापर स्व. यमबुद्धको नामलाई लिएर कमेडियन र र्यापरहरुबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।
कन्टेन्ट क्रियटर सिसन बानियाँले सामाजिक सञ्जालमा शेयर गरेको एक पोस्टबाट यो जुहारी शुरु भएको हो। सिसनले आफूले यम बुद्धसँगको व्यक्तिगत र पेशागत सम्बन्ध स्पष्ट पार्दै एक पोस्ट शेयर गरेका थिए। ‘तिमीले यमलाई चिनेका थियौ? साथी भन्ने गीतको म्युजिक भिडियो हाम्रो साथी आयान क्लेमेन्टले खिचेका थिए। त्यो गीतले नै यमलाई चर्चित बनायो। हामीले नै त्यो भिडियो प्याराडाइम टिभीबाट अपलोड गरेका थियौं’, सिसनले लेखेका थिए– ‘साथी गीतको भिडियो खिच्दा हामीहरु बानेश्वरका गल्लीमा थियौं।’ सिसनले यमले र बर्ज भन्ने कार्यक्रमबाट यमबुद्धले हिपहप समुदायलाई माथि पुर्याएको भन्दै लेखे– ‘यमबुद्धले र बर्जजस्तै डान्स शो गर्ने योजना बनाएका थिए। म उनको मिडिया टिममा हुने कुरा भएको थियो। तर, स्पोन्सर नपाएर फ्रस्टेड भएर विदेश गयो।’

सिसनले र बर्ज हुने समयमा नै नवाज अन्सारी, बुलेटजस्ता र्यापर चर्चामा आइसकेको र आफू १७ वर्षदेखि मिडिया क्षेत्रमा काम गर्दै आएको तथा संगीत र चलचित्र उद्योगको विकास नजिकैबाट देखिरहेको जनाउदै सामाजिक सञ्जालबाट प्रश्न गरेका छन्– ‘तिमीहरु चाहिँ कहिले आएको?’ उनको सो पोस्ट शेयर गर्दै ¥यापर लेजीले जहाँ पायो त्यहीं यमबुद्धको नाम नलिन आग्रह गरे। ‘नेपहपमा नभएको मान्छेहरूले नउफ्रिँदा राम्रो होला। यसरी यमबुद्धको नाम हरेक ठाउँमा प्रयोग गर्नु उपयुक्त नहोला।’ –सामाजिक सञ्जालमा सिसनलाई लक्षित गर्दै उनले लेखेका छन्। उनले नेपहपभित्रको योगदानको गहिराइ बुझेर मात्र त्यस्ता सन्दर्भ प्रयोग गर्न समेत आग्रह गरेका छन्।





सिसनको पोस्टलाई लिएर अर्का र्यापर ब्रिस्क टिमोसले पनि प्रतिक्रिया दिएका छन्। ‘एउटा ¥याप गीतमा सहभागी हु“दैमा हिपहपका बारेमा बोल्न कसले देको सिसन बानियाँलाई? यम दाइको नाम हाउडेमा किन लेखेको यता उता?’ –ब्रिस्कले छेड हानेको छन्। उनले आफू पनि यमबुद्धको नजिकको मान्छे भए पनि यमबुद्धले कहिल्यै सिसनको नाम लिएको नसुनेको जनाउँदै हिपहपबारे नबोल्न आग्रह गरेका छन्। साथै उनले कमेडियनहरु पनि र्यापर भएको भन्दै असन्तुष्टि पोखेका छन्।
र्यापमा कमेडियनको प्रसंग जोडिएपछि कमेडियन सजन श्रेष्ठले उनको सो पोस्टमा आपत्ति जनाउँदै कटाक्ष गरेका छन्। र्याप भनेको हाम्रो मात्रै हो, हामीले मात्र गर्न पाउनुपर्छ भनेर वडामा गएर दर्ता गर्दा भैगो नि।’ –उनले प्रतिक्रिया जनाएका छन्। सजनको सो पोस्टमा ब्रिस्कले आफ्नै समुदायलाई व्यंग्य गर्ने भन्दै अपाच्य शब्द प्रयोग गरेपछि यसले विवादको रूप लिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनीहरुको पक्ष–विपक्षमा बाँडिएका छन्। सिसन भने यति बेला पर्फर्मर कार्यक्रमको सिलसिलामा दुर्गेश थापाका साथ अस्ट्रेलियामा रहेका छन्। दुर्गेश र सिसनले केही समयअघि जाने भए जाउ माया बोलको गीत सार्वजनिक गरेका थिए। जुन गीतले २४ घण्टामा सर्वाधिक हेरिने गीतको रेकर्ड बनाएको थियो भने अमेरिका तथा अस्ट्रेलियाको युट्युबमा ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ।











प्रतिक्रिया