म्युजिक खबर तीज म्युजिक अवार्डको चौथो संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रूपमा आह्वान गरिएको छ।
शुभकामना मिडिया सोलुसनको आयोजनामा हुदै आएको अवार्डमा विभिन्न विधाका संगीतकर्मी र सिर्जना अवार्डमा सहभागी हुन पाउने छन्।
अवार्ड आयोजक समितिकी अध्यक्ष सविता पोखरेलले चौथो म्युजिक खबर तीज अवार्डमा विभिन्न २२ विधामा पुरस्कृत गरिने बताइन्। समारोहमा सांगीतिक क्षेत्रमा मौलिकतामा जोड दिएर योगदान पु¥याउने तीन नारीलाई त्रिदेवी संगीत सम्मानद्वारा सम्मानित गरिने पनि उनले बताइन्। आगामी भदौ ५ गते गोंगबुस्थित बीजी ब्याक्वेटको हलमा हुने कार्यक्रममा तीज फेस्टिबल मनाउदै दर खुवाउने कार्यक्रमसमेत रहेको छ।
साउन ३१ गतेसम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान रहेको अवार्डमा तीज गीत नवप्रतिभा, दोहोरी गीत शब्द, दोहोरी गीत–संगीत, दोहोरी गीत गायक गायिका, दोहोरी गीत, भिडियो मोडल, निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मौलिक शब्द, मौलिक संगीत, मौलिक गायिका, मौलिक तीज डायस्पोरा गीतलगायतका विधामा पुरस्कार प्रदान गरिनेछ।











प्रतिक्रिया