काठमाडौं ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अवकाशमा गएका छन्। २०८० पुसमा नियुक्त भएका ढकाललाई सर्वोच्चमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश तथा कर्मचारीहरूले बिदाइ गरे।
अघिल्ला रजिष्ट्रारहरूलाई न्यायाधीश बनाइएको सन्दर्भमा ढकाललाई पनि न्यायाधीश बनाउन लबिइङ भएको छ। प्रवक्ता अच्युत कुँइकेल अध्यक्ष रहेको न्यायपालिका अधिकृत समाजले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको हो।











प्रतिक्रिया